लयमा रहेको बार्सिलोनाको अर्को जित, कोपा डेला रेको क्वार्टरफाइनलमा प्रवेश

हिमाल प्रेस ३ माघ २०८१ ८:५४ | Thursday, January 16, 2025
लयमा रहेको बार्सिलोनाको अर्को जित, कोपा डेला रेको क्वार्टरफाइनलमा प्रवेश बार्सिलोनाको टोली

काठमाडौँ- केही दिनअघि मात्रै ‘एल क्लासिको’मा दबदबा छाडेको बार्सिलोनाले अर्को सानदार जित निकालेको छ। बार्सिलोनाले ५-१ गोलको नतिजा निकाल्दै स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो। गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे।

मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे। बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले हराएको थियो।

प्रकाशित: ३ माघ २०८१ ८:५४ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast