पहिचान लुकाउँछन् एचआईभी पीडित

हिमाल प्रेस ३ माघ २०८१ ६:३३
6
SHARES
पहिचान लुकाउँछन् एचआईभी पीडित

तनहुँ- तनहुँमा चार सय ५४ जना एचआईभी एड्सबाट संक्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ।

स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआईभी संक्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ संक्रमित छन्।

तेस्रोमा तनहुँमा संक्रमित संख्या छ। यहाँ भएका संक्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए।

सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय संक्रमित अझै खुल्न सकेका छैनन्। कतिपयले दमौली अस्पतालमा नआई अन्यत्र गएर औषधि सेवन गर्ने गरेको अधिकारीको भनाइ छ। उनले भने, य‘हाँ चिनिने र समाजमा पहिचान खुलेमा लाञ्छना र अन्य समस्या हुनसक्छ भन्ने डरका साथै अज्ञानताका कारण कतिपय उपचार गर्न आउँदैनन्।’

एचआईभी संक्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि संक्रमित खुल्न डराउने गरेको बताए।

‘समाजले गर्ने अवहेलनाका कारण एचआईभी संक्रमित खुलेर बाहिर आउन सकेका छैनन्,’ उनले भने, ‘संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ। नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआईभी संक्रमित त्रासमा छन्। कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन।’

प्रकाशित: ३ माघ २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast