रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

हिमाल प्रेस २ माघ २०८१ १७:३० | Wednesday, January 15, 2025
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश रवि लामिछाने । फाइल तस्बिर
काठमाडौँ- काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। काठमाडौँ जिल्ला अदालतमा लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए। अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए।

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए।  काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए। सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए।

थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो।

यस मुद्दामा रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ। छविका नाममा ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ।

प्रकाशित: २ माघ २०८१ १७:३० | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast