शान्ति प्रक्रियाका चर्चित इयान मार्टिनसँग शेखरको भेट

हिमाल प्रेस २ माघ २०८१ १४:५८ | Wednesday, January 15, 2025
20
SHARES
शान्ति प्रक्रियाका चर्चित इयान मार्टिनसँग शेखरको भेट

काठमाडौँ- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)का नेपाल प्रमुख ईयान मार्टिनसँग लन्डनमा भेटवार्ता गरेका छन्।

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिएको कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

कोइरालासँगको भेटमा उनले यस्ता विषयलाई लामो समयसम्म राख्न नहुने पनि बताए। तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो।

प्रकाशित: २ माघ २०८१ १४:५८ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast