प्रचण्ड भन्छन् : तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक

हिमाल प्रेस १ माघ २०८१ १६:४८
8
SHARES
प्रचण्ड भन्छन् : तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक

सिन्धुपाल्चोक- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक भएको बताएका छन्। त्यसका लागि आफूले पनि निरन्तर पहल गरिरहेको बताए। आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए।

सुकुटेमा आयोजितबीच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए। नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डलेबीच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको बताए।

प्रकाशित: १ माघ २०८१ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast