काठमाडौँ- मधेशमा रहेका राजनीतिक दललाई एकीकृत गर्न बनेका दलका कार्यदलका सदस्यहरूको बैठक आज बस्दैछ।संयुक्त मोर्चा गठन गर्ने प्रयासस्वरूप बनेको कार्यदलको बैठक बिहान ११ बजे काठमाडौँको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्न लागेको हो।
बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल हुने जनाइएको छ।सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन र थ्रेसहोल्डको प्रतिशत बढाउने तयारी गरेपछि छिन्नभिन्न भएका मधेश केन्द्रित दल कार्यगत एकतामा जुटेका हुन्।
प्रकाशित: १ माघ २०८१ ८:१८ | Tuesday, January 14, 2025
प्रतिक्रिया




