माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

हिमाल प्रेस २९ पुष २०८१ २१:०२ | Monday, January 13, 2025
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज (सोमबार) स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन्।

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए। उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने उनले घोषणा गरे।

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए। उनले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआईभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे। रासस

प्रकाशित: २९ पुष २०८१ २१:०२ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast