काठमाडौँबाट हङकङ गएका क्याथे प्यासिफिकका यात्रुलाई ‘फुड प्वाइजन’, २८ जना बिरामी

हिमाल प्रेस २८ पुष २०८१ १८:४४ | Sunday, January 12, 2025
काठमाडौँबाट हङकङ गएका क्याथे प्यासिफिकका यात्रुलाई ‘फुड प्वाइजन’, २८ जना बिरामी

काठमाडौँ- क्याथे प्यासिफिकका यात्रुलाई फुड प्वाइजन’ भएको छ। काठमाडौँबाट हङकङ गएका २८ यात्रुलाई खाना खाँदा ‘फुड प्वाइजन’ भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत बनाएको छ। समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

विभागका अनुसार जनवरी ८ मा हङकङ गएका १० जना र जनवरी ९ मा १८ यात्रुलाई फुड प्वाइजन भएको हो।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले ‘इन्टरनेसनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ को इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा विभागका महानिर्देशक रहने जानकारी दिँदै सोही नेटवर्कमार्फत २८ जनामा फुड प्वाइजन भएको इमेल प्राप्त भएको बताए।

प्रकाशित: २८ पुष २०८१ १८:४४ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast