संघीय हिन्दू लोकतन्त्रलाई प्रमुख एजेन्डा बनाउँदै घोषणा भयो राष्ट्रिय समता पार्टी

हिमाल प्रेस २८ पुष २०८१ १२:४१ | Sunday, January 12, 2025
संघीय हिन्दू लोकतन्त्रलाई प्रमुख एजेन्डा बनाउँदै घोषणा भयो राष्ट्रिय समता पार्टी

रौतहट– संघीय हिन्दू लोकतन्त्र प्रमुख एजेन्डा बनाउँदै राष्ट्रिय समता पार्टी नेपाल घोषणा भएको छ। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा उक्त पार्टी घोषणा गरिएको हो।

अयोध्यामा पूजापाठ गरेर पार्टी घोषणा गरिएको पार्टीका केन्द्रीय अध्यक्ष विजयप्रकाश निषादले जानकारी दिए। ‘आज हामीले राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरेका छौँ। जनतालाई गास बासको व्यवस्था तथा पीडित नेपाली नागरिकको सहयोगका विषयमा हामी आवाज उठाउने छौँ’ उनले भने।

पार्टीले आफ्नो अभियान गाँजा खेतीलाई प्रोत्साहन गर्ने बताएको  छ।  सो पार्टीका राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेश प्रदेश अध्यक्ष विवेक शाह कानु रहेका छन्।

प्रकाशित: २८ पुष २०८१ १२:४१ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast