प्रहरीसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति

हिमाल प्रेस २७ पुष २०८१ १६:४७ | Saturday, January 11, 2025
प्रहरीसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति मन्त्रिपरिषद् बैठक

काठमाडौँ- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक मन्त्रिपरिषदले संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो।

मन्त्रिपरिषद्माको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए।

उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए।

प्रकाशित: २७ पुष २०८१ १६:४७ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast