गगन थापा भन्छन् : कांग्रेस-एमालेको गठबन्धन तीन वर्ष चल्छ

हिमाल प्रेस २७ पुष २०८१ १४:१६
16
SHARES
गगन थापा भन्छन् : कांग्रेस-एमालेको गठबन्धन तीन वर्ष चल्छ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी गरेका छन्। विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तामान सरकरो पनि गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता औँल्याए। कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षमा विगतमा झैँ जनताका लागि राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ।

विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले झैँ संसद्का दुई ठूला दल मिलेर बनेको सरकारबाट नागरिकले फाइदा पाउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: २७ पुष २०८१ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast