काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम आज बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ।
शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबारको तुलनामा शनिबार न्यूनतम तापक्रम केही बढेको हो। बिहानपख आकाश बादलले ढाकिँदा न्यूनतम तापक्रम बढ्ने मौमसविद्हरूले बताएका छन्।
काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
प्रकाशित: २७ पुष २०८१ ७:४५ | Saturday, January 11, 2025
प्रतिक्रिया




