लसएन्जल्स आगलागी : मृतकको संख्या १० पुग्यो

हिमाल प्रेस २६ पुष २०८१ १५:५९ | Friday, January 10, 2025
लसएन्जल्स आगलागी : मृतकको संख्या १० पुग्यो

काठमाडौँ- अमेरिकाको लसएन्जल्स जंगलमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ। लसएन्जल्स काउन्टीको स्वास्थ्य अधिकारीले आगलागीमा परेर १० जनाको ज्यान गएको बताएका हुन्।

स्वास्थ्य अधिकारीले मृतकको सनाखत गर्ने काम भइरहेको र यसमा केही समय लाग्न सक्ने बताएका छन्।

यसअघि पैलिसेड्समा दुई र ईटनमा आगलागीमा परेर पाँच जनाको मृत्यु भएको बताइएको थियो।

यसैबीच राष्ट्रपति जो बाइडेनले संघीय सरकारले दक्षिणी क्यालिफोर्नियामा आगामी ६ महिनासम्म ‘जीवन र सम्पत्ति रक्षा’ का लागि खर्च बेहोर्ने घोषणा गरेका छन्।

प्रकाशित: २६ पुष २०८१ १५:५९ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast