लेखा समिति सभापतिका स्वकीय पूर्वसचिव पोखरेल पक्राउ

हिमाल प्रेस २५ पुष २०८१ १२:०४
12
SHARES
लेखा समिति सभापतिका स्वकीय पूर्वसचिव  पोखरेल पक्राउ

काठमाडौँ- संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ परेका छन्। एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख रुपैयाँ लिएको आरोपमा प्रहरीले पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई पक्राउ गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालका अनुसार पोखरेललाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

जिल्ला अदालत मोरङले गत सोमबार पक्राउ पुर्जी जारी गरेपछि सभापतिले पोखरेललाई स्वकीय सचिवबाट हटाएका थिए। पोखरेलले २०७१ सालदेखि ०७३ सालभित्र पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ रकम लिएको आरोप छ।
उनले सप्तरीका बैअलाल चौधरीबाट रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। चौधरी पूर्ववरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश प्राप्त व्यक्ति हुन्। उनको छोरीको नाम एमबीबीएसमा निकालिदिने भनेर रकम लिएको आरोप लागेको हो।

प्रकाशित: २५ पुष २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast