रवि लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाउने आदेश आज आउन सक्ने

हिमाल प्रेस २५ पुष २०८१ ८:३७
18
SHARES
रवि लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाउने आदेश आज आउन सक्ने फाइल तस्बिर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आज आउने सम्भावना छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले बिहीबार आदेश दिने सम्भावना देखिएको हो।

हाल अदालतमा उपस्थित गराइएका ७ जना प्रतिवादीहरुको तर्फबाट वकिलहरुको बहस बुधबार सकिएको छ। बुधबार नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भयो भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ।

प्रतिवादीका तर्फबाट थुनछेक बहसमा आज सरकारी वकिलहरूले जवाफी बहस गर्ने व्यवस्था छ। अब बहस अन्त्यमा पुग्दा लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, पूर्वसांसद मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने भन्ने आदेशबारे सबैको चासोको विषय छ।

श्रेस्तेदार राजन खनालको अनुमान नमिले अन्ततः शुक्रबारसम्म न्यायाधीश नीतिज राईको इजलासले आदेश सुनाउने छ।

बहुचर्चित सहकारी ठगी काण्ड पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको छ।

प्रकाशित: २५ पुष २०८१ ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast