अमेरिकामा बर्ड फ्लूबाट पहिलो पटक मानवको मृत्यु

हिमाल प्रेस २५ पुष २०८१ ७:३२ | Thursday, January 9, 2025
अमेरिकामा बर्ड फ्लूबाट पहिलो पटक मानवको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको छ। मृतक ६५ वर्ष भन्दा माथिको रहेको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ।

‘लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ’,लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो विरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

‘विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ। चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीपी० का अनुसार अमेरिकामा बर्ड फ्लुका कुल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ।

अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वासिङ्टन, विस्कन्सिन र टेक्सास रहेका छन् ।

प्रकाशित: २५ पुष २०८१ ७:३२ | Thursday, January 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast