गृह मन्त्रालय 
                                            काठमाडौँ- नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार पाँच जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीका एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया डीआईजीका लागि सिफारिस भएका हुन्।

                            प्रकाशित: १८ पुष  २०८१ २०:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

