लेखा समिति सभापति पोखरेलकी श्रीमतीलाई १० लाख धरौटीमा छाड्न आदेश

हिमाल प्रेस २४ पुष २०८१ १८:१०
16
SHARES
लेखा समिति सभापति पोखरेलकी श्रीमतीलाई १० लाख धरौटीमा छाड्न आदेश लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला।

इटहरी- अदालतले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्दवप्रसाद भट्टराई को इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

कोइराला सहकारी ठगीमा मुछिएकी थिइन्। यस अघि फरार रहेकी कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन्।

उमागौरी सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीसहित २६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको थियो।

प्रकाशित: २४ पुष २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast