काठमाडौँ- अमेरिकाको लसएन्जल्सको जंगलमा लागिएको आगो फैलिँदै गएको छ। दश एकड क्षेत्रफलमा लागेको आगो ठूलो क्षेत्रफलमा फैलिएको हो।
यसबैबीच लसएन्जलेसमा संकटकालको घोषणा गरिएको छ। अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टिन क्रोलेले तीस हजार मानिसलाई घर छोड्न भनिएको बताएका छन्।
आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि यसमा समय लाग्न सक्ने बताइएको छ। आगो अझै फैलिनसक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधरणलाई निर्देशन दिएको छ।
प्रकाशित: २४ पुष २०८१ १५:५८
प्रतिक्रिया