रास्वपाको निर्णय : राजनीतिक प्रशिक्षण सञ्चालन गर्नेदेखि कार्यसम्पादन एकाइ गठनसम्म

हिमाल प्रेस २१ पुष २०८१ २०:२२
6
SHARES
रास्वपाको निर्णय : राजनीतिक प्रशिक्षण सञ्चालन गर्नेदेखि कार्यसम्पादन एकाइ गठनसम्म

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको दुईदिने केन्द्रीय समितिको बैठक आइतबार सकिएको छ। काठमाडौँको स्वयम्भू स्टार ब्यांक्वेटमा भएको बैठकले पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्नेदेखि संविधान परिमार्जन सुझाव कार्यदल गठन गर्नेसम्मका निर्णयहरू गरेको छ। साथै तीनै तहमा राजनीतिक प्रशिक्षण सञ्चालन, केन्द्रीय कार्यसम्पादन एकाइ गठन गर्नेलगायतका निर्णयहरू गरेको छ।

बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराएका थिए। साथै पार्टीका गतिविधि र संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियाका विषयको पछिल्लो अवस्थाबारे जानकारी गराइएको थियो।

यस्ता छन् निर्णयहरू

१‍. नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित।

२. स्थानीय तह उपनिर्वाचनको समीक्षा प्रतिवेदन पारित।

३. बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने। उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्लारनिर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने। अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन हुने।

४ .पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरुको सुझाव सहित पारित। राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने।

५. संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल, २०८१ गठन कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने। कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहने। कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोक्ने।

६. २०८० मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा। स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्ताबेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित।

७. पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन इकाइ गठन गर्ने।

८. नीति विचार कार्यदल २०८०, केन्द्रीय उपनिर्वाचन परिचालन समिति २०८१, विधान संशोधन सुझाव कार्यदल २०८१, केन्द्रीय समिति सदस्य सिफारिस समिति २०७९ विघटन।

९. पार्टीले संघीय सदन बाहिर रहेका राजनीतिक दल/शक्तिहरुका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने।

१०. विभिन्न विषयहरुमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद् थिंकट्यांक सदस्यहरु मनोनीत गर्दै जाने।

प्रकाशित: २१ पुष २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast