 
                             
                                            काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
                            प्रकाशित: २१ पुष  २०८१ ११:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 