गएका दिनभन्दा बढ्यो काठमाडौँको तापक्रम, कति पुग्यो?

हिमाल प्रेस २१ पुष २०८१ ७:४६
4
SHARES
गएका दिनभन्दा बढ्यो काठमाडौँको तापक्रम, कति पुग्यो? काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- दिउँसो तातो महसुस भए पनि काठमाडौमा बिहान र बेलुका प्रायः चिसो नै छ। गएका दिनभन्दा आज केही तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।

बिहान काठमाडौंको आकाशमा तुलनात्मक रूपमा बढी बादल जम्मा भएकाले न्यूनतम तापक्रम केही वृद्धि भएको हो। न्युनतम तापक्रम बढेकाले काठमाडौंमा तुलनात्मक रूपमा बिहान कम चिसो महशुस भएको छ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान रहेको छ।

प्रकाशित: २१ पुष २०८१ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast