मधेशी दलहरूबीच सहकार्यका लागि जप्रपाको वार्ता टोलीको दौडधुप

हिमाल प्रेस २० पुष २०८१ १४:४९
16
SHARES
मधेशी दलहरूबीच सहकार्यका लागि जप्रपाको वार्ता टोलीको दौडधुप

काठमाडौँ- मधेश केन्द्रित दलहरूबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) ले गठन गरेको वार्ता टोलीले वार्ता र संवादलाई तीव्रता दिएको छ।

जप्रपाका वरिष्ठ उपाध्यक्ष शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले मधेश केन्द्रित दलहरूसँग वार्ता र संवादलाई तीब्र पारेको हो।

राप्रपाको वार्ता टोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग वार्ता गरेको छ।

सहकार्य गरेर अघि बढ्ने विषयमा मधेश केन्द्रित दलहरू सकारात्मक देखिएका छन्। जप्रपाका वार्ता टोली संयोजक यादवले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा तीनवटै दल सकारात्मक देखिएको बताए।

संविधान संशोधन, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरू एक ठाउँमा आउनैपर्नेमा सबै दलको साझा धारणा रहेको उनको भनाइ छ।

कांग्रेस–एमाले गठबन्धनको सरकारले संविधान संशोधनका लागि पहल गरिरहेका बेला मधेश केन्द्रित दलहरू सहकार्यको गृहकार्यमा जुटेका हुन्।

देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भएको भन्दै बिग्रिदो अर्थतन्त्र, बढ्दो नैराश्यता, ग्रामीण आक्रान्त, जनतामा आशावादीको खाँचो पूरा गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको जप्रपाको भनाइ छ।

त्रिपाठी नेतृत्वको जप्रपाले केही दिनअघि तीन सदस्यीय वार्ता टोली गठन गरेर मधेश केन्द्रित दलहरूलाई सहकार्यका लागि आह्वान गरेको थियो।

प्रकाशित: २० पुष २०८१ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast