राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

हिमाल प्रेस १६ पुष २०७९ १४:३० | Saturday, December 31, 2022
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

काठमाडौँ- सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ।

सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ।

टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ। गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका छन्।

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातिको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ।

प्रकाशित: १६ पुष २०७९ १४:३० | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast