
काठमाडौँ- प्रतिनिधिसभा अनर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीयलाई हटाएका छन्। सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी दिएका हुन्।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिलकुमारमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ। राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो।
प्रकाशित: १९ पुष २०८१ १४:२२
प्रतिक्रिया