कीर्तिमानी आरोही मिङमा जीलाई विमानस्थलमा स्वागत

हिमाल प्रेस १९ पुष २०८१ १४:१९
16
SHARES
कीर्तिमानी आरोही मिङमा जीलाई विमानस्थलमा स्वागत कीर्तिमानी नेपाली पर्वतारोही मिङमा जीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै।

काठमाडौँ- कीर्तिमानी नेपाली पर्वतारोही मिङमा जीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। सातवटै महादेशका सात शिखर आरोहण गरी स्वदेश फर्किएका यी प्रसिद्ध पर्वतारोहीलाई स्वागत गर्न आरोही, पर्यटन क्षेत्रका सरोकारवाला र शुभचिन्तक विमानस्थल पुगेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाल राष्ट्रिय पर्वत गाइड संघ, माउन्ट एभरेस्ट सम्मिटर्स क्लब रोल्वालिङ, इम्याजिन नेपाल ट्रेक्स र अन्य संस्थाहरूका अधिकारीहरूले मिङमा जीलाई मिङमाजीलाई मालासहित पुष्पगुच्छाले स्वागत गरेका हुन्।

मिङमा जीले २०२४ डिसेम्बर २७ मा सातवटै महादेशका सात शिखर आरोहण सम्पन्न गरेका छन्। उनले एसियामा सगरमाथा (८,८४८ मिटर) छ पटक (२००७, २०१०, २०११, २०१२, २०१६ र २०२२), अफ्रिकामा किलिमन्जारो (५,८९५ मिटर) २०१९ मा, युरोपमा एल्ब्रुस (५,६४२ मिटर) २०१९ र २०२४ मा, उत्तर अमेरिकामा डेनाली (६,१९० मिटर) २०२४ मा, ओसियानियामा कार्स्टेन्ज पिरामिड (४,८८४ मिटर) २०२४ मा, एन्टार्टिकामा भिन्सन मासिफ (४,८९२ मिटर) २०२४ मा र दक्षिण अमेरिकामा अकनकागुआ (६,९६२ मिटर) २०२४ मा आरोहण गरेका छन्। उनका चिनियाँ आरोहण साथीहरू झाङ जियान र गु सुमिङले पनि यी सात शिखर आरोहण सम्पन्न गरेका थिए।

मिङमा जीले २०२४ को अक्टोबरमा अक्सिजनको सहायताबिना विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला शिखर आरोहण गर्ने पहिलो नेपाली बन्ने इतिहास बनाएका छन्। उनले सगरमाथा ६ पटक, टु पाँच पटक (२०१४, २०१७, २०२१, २०२२, २०२४), कञ्चनजंगा दुई पटक, ल्होत्से एकपटक, मकालु दुई पटक, चो ओयू दुई पटक, धौलागिरी दुई पटक, मनास्लु सात पटक, नांगा पर्वत २०१७ मा, अन्नपूर्ण दुई पटक, ग्यासरब्रुम पहिलो एक पटक, ब्रड पिक दुई पटक, ग्यासरब्रुम दोस्रो एक पटक आरोहण गरेका छन्।

मिङमा जी इम्याजिन नेपाल ट्रेक्स प्रालिका संस्थापक पनि हुन्। उनले अक्सिजनबिना सबैभन्दा धेरै मनास्लु आरोहण गरेको कीर्तिमान राखेका छन्।

२०१७ मा शरद ऋतुमा गरिएको नांगा पर्वत उनको पहिलो सफल आरोहण थियो। उनी केटुको पहिलो जाडो यामको आरोहण टोलीका नेता पनि थिए। २०२४ मा उनले स्की गर्दै दक्षिणी ध्रुव पनि पुगे। दक्षिणी ध्रुव पुग्ने थोरै नेपालीमध्ये मिङमा एक हुन्।

प्रकाशित: १९ पुष २०८१ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast