राखु भगवतीमा नियमित पूजा गर्न ९० लाखको अक्षयकोष

हिमाल प्रेस १८ पुष २०८१ ८:५१
4
SHARES
राखु भगवतीमा नियमित पूजा गर्न ९० लाखको अक्षयकोष

म्याग्दी- रघुगंगा गाउँपालिका-२ स्थित १७ औँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न ९० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ।

गत असोजमा आयोजित महायज्ञबाट संकलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो। महायज्ञबाट संकलन भएको एक करोड १० लाख रुपैयाँमध्ये १८ लाख ५० हजार रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए।

मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ। म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि ६२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको हो।

प्रकाशित: १८ पुष २०८१ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast