प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

हिमाल प्रेस १४ पुष २०८१ २१:२५ | Sunday, December 29, 2024
प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ। अध्यक्ष दाहालले आज (आइतबार) साँझ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गरेका थिए।  सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए।

महासचिव वैद्यले आईसीयूमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष दाहाललाई बताएका थिए। अध्यक्ष दाहालले उनको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरे।

प्रकाशित: १४ पुष २०८१ २१:२५ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast