सैन्य कारबाहीको क्रममा गाजामा २४० भन्दा बढी लडाकू पक्राउ : आईडीएफ

हिमाल प्रेस १४ पुष २०८१ २१:२० | Sunday, December 29, 2024
सैन्य कारबाहीको क्रममा गाजामा २४० भन्दा बढी लडाकू पक्राउ : आईडीएफ फाइल तस्बिर।

काठमाडौँ– इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाको कमल अडवान अस्पतालमा सैन्य कारबाहीका क्रममा मुख्य हमास सदस्यहरू सहित २४० भन्दा बढी आतंककारीहरूलाई पक्राउ गरेको छ।

शुक्रबार सुरु गरिएको अभियान आतंककारी र पूर्वाधारतर्फ लक्षित थियो। धेरै संदिग्धहरूले बिरामीको रूपमा वा एम्बुलेन्स प्रयोग गरेर भाग्ने प्रयास गरेका थिए।

ट्विटरमा एक पोस्टमा आईडीएफ भनेको छ, ‘२४० भन्दा बढी हमास इस्लामिक जिहाद आतंककारी पक्राउ परेका छन्, जसमध्ये केहीले एम्बुलेन्स प्रयोग गरेर भाग्ने प्रयास गरेका थिए।’

आईडीएफ विशेष बलहरूले अस्पताल भित्र सटीक अपरेशनहरू गरेका थिए। अपरेशनका क्रममा फेला परेका ग्रेनेड, बन्दुक, गोलाबारी र सैन्य उपकरण लगायतका हतियारहरू आईडीएफले नियन्त्रणमा लिएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार गाजाको कमल अडवान अस्पताल वरिपरि आतंकवादी बारेमा गुप्तचर सुचना प्राप्त गरेपछि सैन्य अभियान सुरु गरेको थियो।

आईडीएफले यस क्षेत्रमा लक्षित अपरेसनहरू सञ्चालन गरिरहेका सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १४ पुष २०८१ २१:२० | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast