काठमाडौँ- विपत्मा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील रेडक्रसकर्मी भरतप्रसाद कोइराला सम्मानित भएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालालाई हेल्प नेपाल नेटवर्क नामक संस्थाले सम्मान गरेको हो।
२०७२ सालको महाभूकम्पपछि उनी नेपाल रेडक्रस सोसाइटीबाट स्वयंसेवीका रूपमा खटिँदै आएका छन्। मेलम्चीको बाढी, जाजरकोट र पश्चिम रुकुमको भूकम्प, यसै वर्ष आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरुलाई तुरुन्त राहत पुऱ्याउन पनि कोइरालाले सक्रियता देखाएका थिए।
कोइरालाले भने, ‘यो मेरो मानवीय सेवामा लाग्ने प्रेरणा र हौसला हो। यसले मलाई विपद्मा परेका नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनामा थप उत्साहित बनाएको छ।’
प्रकाशित: १४ पुष २०८१ १५:२४ | Sunday, December 29, 2024
प्रतिक्रिया



