अखिल क्रान्तिकारीको उमेर हद लगाउने/नलगाउने विषयमा भएको मतदानमा फेरि विवाद, मतगणना स्थगित

हिमाल प्रेस १४ पुष २०८१ ९:१८ | Sunday, December 29, 2024
अखिल क्रान्तिकारीको उमेर हद लगाउने/नलगाउने विषयमा भएको मतदानमा फेरि विवाद, मतगणना स्थगित

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेर हद लगाउने–नलगाउने विषयमा फेरि विवाद भएको छ। मतगणनामा क्रममा विवाद भएपछि मतगणना स्थगित भएको छ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो। तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ।

अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए।

प्रकाशित: १४ पुष २०८१ ९:१८ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast