रोचक प्रसंग : नेपालमा विमानमा बन्दुक लैजान पाइन्छ तर गोली अरू कसैलाई बोक्न दिनुपर्छ

हिमाल प्रेस १४ पुष २०८१ ८:२५ | Sunday, December 29, 2024
रोचक प्रसंग : नेपालमा विमानमा बन्दुक लैजान पाइन्छ तर गोली अरू कसैलाई बोक्न दिनुपर्छ

नेपालमा स्वीकृति प्राप्त हात हतियार वायुयानबाट लैजान पाइने व्यवस्था पनि छ। उड्डयन सुरक्षा नियमावलीको नियम ३४ मा भनिएको छ, ‘व्यक्तिले वायुयानबाट हातहतियार लैजान चाहेमा गृह मन्त्रालयबाट इजाजत लिनु पर्नेछ।’

सुरक्षाकर्मी वा हतियारको अनुमति प्राप्त व्यक्तिले आफूले लैजान चाहेको हतियारबारे नागरिक उड्डयन कार्यालय र वायुयान सञ्चालकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

‘त्यस्तो हातहतियार कुनै पनि अवस्थामा वायुयानभित्र प्रयोग हुन नपाउने गरी हातहतियारबाट गोली निकाली वा अन्य आवश्यक व्यवस्था गरी वायुयानका मुख्य चालक वा निजले तोकेको वायुयान कर्मचारीको जिम्मामा रहने व्यवस्था गर्नु पर्ने’ उपनियममा उल्लेख छ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी तथा सैनिकले बोक्ने हतियारको गोली समेत विमानको चालकदलका सदस्यलाई बुझाउने गरिएको बताए।

नियमावली अनुसार वायुयानभित्र कसैले नियम विपरीतको कार्य गरेमा तीन महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ। बीबीसीबाट

प्रकाशित: १४ पुष २०८१ ८:२५ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast