मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरिक्षण

हिमाल प्रेस १३ पुष २०८१ १४:३२ | Saturday, December 28, 2024
मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरिक्षण

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणाधीन विमानस्थलको निरिक्षण गरेका छन्।

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले नेपालगञ्ज विमानस्थलको समेत अवलोकन गरेका हुन्। तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि.स.२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिएका छन्।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १३ पुष २०८१ १४:३२ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast