मोरक्कोमा डुङ्गा डुब्दा ६९ जनाको मृत्यु

हिमाल प्रेस १२ पुष २०८१ २१:१५ | Friday, December 27, 2024
मोरक्कोमा डुङ्गा डुब्दा ६९ जनाको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- पश्चिमी अफ्रिकाबाट स्पेनतर्फ गइरहेको डुंगा मोरक्कोमा दुर्घटना हुँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ। मृतकमध्ये २५ जना मालीका नागरिक थिए।

यो ‘अस्थायी डुंगा’ ८० जना सवार रहेकोमा ११ जनाको मात्र उद्धार गर्न सकिएको मालीका अधिकारीहरूले बताएका छन्। उद्धार गरिएकामध्ये ९ जना मालीका नागरिक हुन्।

गत साता डुबेको डुंगाबारे पछि मात्रै पुष्टि भएको हो। माली लामो समयदेखि गृहयुद्धको शिकारमा फसेको छ। जिहादी र अलगवादी हिंसाको शिकारमा फसेका कारण सन् २०२० र २०२१ मा सेनाले सत्ता कब्जा गरेका थिए।

सैन्य सरकारले मार्च २०२४ मा चुनाव गराउने घोषणा गरेको थियो। तर, त्यहाँ हालसम्म चुनाव हुन सकेको छैन।

मुलुकको खराब अवस्थाका कारण ठूलो संख्यामा त्यहाँका नागरिक अवैध तरिकाले युरोप पुग्न एटलान्टिकको बाटो प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: १२ पुष २०८१ २१:१५ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast