दुई तिहाइकाे सरकारले केही पनि गरेन : बालेन शाह

हिमाल प्रेस १२ पुष २०८१ १५:२६ | Friday, December 27, 2024
दुई तिहाइकाे सरकारले केही पनि गरेन : बालेन शाह बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। कोटेश्वर महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा लुटिए पनि सरकारले त्यसबारे चासो नदिएको बताएका हुन्।

‘जग्गाधनीलाई विशेष धन्यवाद। पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन। कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो। यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो। मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ।’

मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने तर्क गरे।

‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै। हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ अहिले पनि काम भएन भने कहिल्यै हुँदैन’, शाहको भनाइ छ।

प्रकाशित: १२ पुष २०८१ १५:२६ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast