नेकपा एस सुदूरपश्‍चिम दलको नेतामा सोडारी, प्रमुख सचेतकमा शाही

हिमाल प्रेस १५ पुष २०७९ १७:३४ | Friday, December 30, 2022
नेकपा एस सुदूरपश्‍चिम दलको नेतामा सोडारी, प्रमुख सचेतकमा शाही

धनगढी– नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। शुक्रबार धनगढीमा बसेको पार्टी बैठकले सोडारीलाई दलको नेतामा चयन गरेको हो। सोडारी कैलाली ४ (क) बाट निर्वाचित हुन्।

बैठकले दलको उपनेतामा कञ्चनपुर ३ (क) बाट निर्वाचित प्रकाश रावललाई चयन गरेको छ। बाजुरा १ (क) बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र कञ्चनपुरकी समानुपातिक सांसद माया पन्तलाई सचेतक तोकेको छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एसबाट ४ जना सांसद छन्।

प्रकाशित: १५ पुष २०७९ १७:३४ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast