गण्डकीकी पूर्व सांसद मीना गुरुङ पक्राउ

हिमाल प्रेस ९ पुष २०८१ २१:२३ | Tuesday, December 24, 2024
गण्डकीकी पूर्व सांसद मीना गुरुङ पक्राउ

काठमाडौँ- गण्डकी प्रदेशका पूर्व सांसद मीना गुरुङ पक्राउ परेकी छन्। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा उनलाई कास्की प्रहरीले मंगलबार पोखरा-११, रानीपौवास्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले अर्का प्रतिवादी आरती गुरुङलाई समेत मंगलबारै पक्राउ गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको उक्त सहकारीको पूरक अभियोगमा ४४ प्रतिवादीमध्ये उनीहरूलाई पनि प्रतिवादी बनाइएको थियो।

हङकङ ब्यूटी इन्स्टिच्युटकी सञ्चालक मीना गुरुङ वरिष्ठ सौन्दर्यकर्मी हुन्। २०७४ सालको प्रदेशसभा चुनावमा एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। २०७९ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की २(२) मा भने पराजित भएकी थिइन्। उनलाई कांग्रेसका बिन्दुकुमार थापाले हराएका थिए।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी खोल्दा ज्ञानबहादुर बमजन लगायतको अनुरोधमा तदर्थ समितिमा रहेकी उनी पछि उपाध्यक्षको भूमिकामा थिइन्। उक्त सहकारीमा पछि जोडिएका जीबी राई लगायतका व्यक्तिहरुले रकम खानेपचाउने नियत राखेपछि उनले तत्कालै सहकारी रजिष्ट्रार कार्यालयमा राजीनामा बुझाएको दाबी गरेकी छन्।

प्रहरी अनुसन्धानमा प्रतिवादी बनाइएका उनीसहित ज्ञानबहादुर बमजन, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, लीलाबहादुर गुरुङ, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रीतु गुरुङको ५३ लाख ७६ हजार रुपैयाँ दायित्व कायम हुने देखाएको छ।

प्रकाशित: ९ पुष २०८१ २१:२३ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast