हुम्लामा कठ्यांग्रिदो चिसो, नाम्खामा एक फिट बाक्लो हिउँ

हिमाल प्रेस ९ पुष २०८१ ७:५०
4
SHARES
हुम्लामा कठ्यांग्रिदो चिसो, नाम्खामा एक फिट बाक्लो हिउँ

हुम्ला- हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।

यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ। हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

प्रकाशित: ९ पुष २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast