
काठमाडौँ- काठमाडौँसहित देशभरको तापक्रम घटेको छ। पश्चिमी भेगबाट वर्षा हुने लक्षण देखिएपछि चिसो बढेको छ। हिमाली क्षेत्रमा हिउँ बाक्लिएको छ भने तराईमा शीत लहर बढेको छ।
गत मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको मौसम पूवार्नुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ। यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो।
यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित: ९ पुष २०८१ ६:४४
प्रतिक्रिया