सवारी लाइसेन्स छपाइ तथा वितरण प्रदेशबाटै हुनुपर्छ : मन्त्री दाहाल

हिमाल प्रेस ८ पुष २०८१ १९:५५
10
SHARES
सवारी लाइसेन्स छपाइ तथा वितरण प्रदेशबाटै हुनुपर्छ : मन्त्री दाहाल

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन्।

यातायात व्यवस्था विभागले आज (सोमबार) यहाँ आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा जोड दिए।

‘यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ। बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ,’ उनले भने।

मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए।  यस्तै छपाइ भएका ‘इम्बोस्ट नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

प्रकाशित: ८ पुष २०८१ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast