ताप्लेजुङमा धान उत्पादन बढ्यो

हिमाल प्रेस ८ पुष २०८१ १०:०४ | Monday, December 23, 2024
ताप्लेजुङमा धान उत्पादन बढ्यो फाइल तस्बिर

ताप्लेजुङ- यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो।

यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो। यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए।

अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनले बताए।

प्रकाशित: ८ पुष २०८१ १०:०४ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast