एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखमा ज्वाला, उपप्रमुखमा अर्याल

हिमाल प्रेस ८ पुष २०८१ ७:१५ | Monday, December 23, 2024
एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखमा ज्वाला, उपप्रमुखमा अर्याल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाश ज्वालालाई तोकेको छ।

पार्टीले पुस ५ गते जारी गरेको कार्य विभाजनअनुसार ज्वालालाई विभाग प्रमुख र पोलिटब्युरो सदस्य दामोदर अर्याललाई उपप्रमुखको जिम्मेवारी तोकेको छ।

अर्याल यसअघि पनि विभागको उपप्रमुख नै थिए। विभागका अन्य सदस्य भने केही दिनमा टंगो लगाउने जनाइएको छ। अघिल्लो कार्यकालमा समाजवादीको प्रचार विभागमा जगन्नाथ खतिवडा थिए।

प्रकाशित: ८ पुष २०८१ ७:१५ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast