भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने भरत जंगमको सहकारी कनेक्सन के हो?

हिमाल प्रेस ८ पुष २०८१ ६:४८
12
SHARES
भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने भरत जंगमको सहकारी कनेक्सन के हो?

काठमाडौँ- आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने भरत जंगम पनि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छन्। भ्रष्टाचारविरोधी अभियान्ता भन्दै जंगमले मिडियामा लामालामा भाषण दिन्थे। उनी नै सहकारी ठगी प्रकरणमा पक्राउ परेको विषय धेरैलाई अचम्म बनाएको छ।

काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार आइतबार सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

जंगमको सहकारी कनेक्सन चाहिँ बानेश्वरस्थित साई स्वागत सहकारी हो। उनी सोही सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो। यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: ८ पुष २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast