अब कसरी अघि बढ्छ रवि लामिछानेमाथिको मुद्दा प्रक्रिया?

हिमाल प्रेस ८ पुष २०८१ ६:४० | Monday, December 23, 2024
अब कसरी अघि बढ्छ रवि लामिछानेमाथिको मुद्दा प्रक्रिया? रवि लामिछाने : फाइल तस्बिर

काठमाडौँ- लामो समयको हिरासत बसाइँपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दायर भएको छ। उनीमाथि सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

आजदेखि थुनछेक बहस हुने भएको छ। सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

प्रकाशित: ८ पुष २०८१ ६:४० | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast