हङकङबाट नेपाल आउँदा जहाजमै बेहोस भएका यात्रुको मृत्यु

हिमाल प्रेस ७ पुष २०८१ १६:२१ | Sunday, December 22, 2024
हङकङबाट नेपाल आउँदा जहाजमै बेहोस भएका यात्रुको मृत्यु

काठमाडौँ- नेपाल एयरलाइन्सको उडानमार्फत् हङकङबाट नेपाल आएका एक यात्रुको मृत्यु भएको छ। निगमको आरए ४१० उडानमार्फत् शनिबार हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै बेहोस भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूको मृत्यु भएको हो।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो। लिम्बूलाई आफन्तले काठमाडौँस्थित केएमसी अस्पतालमा लगेका थिए। तर उनलाई केएमसी अस्पतालले मृत घोषणा गरेको जानकारी प्राप्त भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।

प्रकाशित: ७ पुष २०८१ १६:२१ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast