हृदयाघातबाट थुनुवाको मृत्यु

हिमाल प्रेस ७ पुष २०८१ १५:५१ | Sunday, December 22, 2024
हृदयाघातबाट थुनुवाको मृत्यु प्रतीकात्मक तस्बिर।

महोत्तरी- महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ। लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका निम्ति थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

महोत्तरी जिल्ला अदालतको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो। हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए।

प्रकाशित: ७ पुष २०८१ १५:५१ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast