भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले लगायो दुई लाख जरिवाना

हिमाल प्रेस ७ पुष २०८१ १०:१० | Sunday, December 22, 2024
भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले लगायो दुई लाख जरिवाना

काठमाडौँ- त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको विभागका निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिए।

झाले जारी गरेको विज्ञप्तिका अनुसार काठमाडौँ महानगरको कल सेन्टरमा ‘बासी, सडेगलेका र कीरा लागेका खाना बेच्यो’ भनी गुनासो आएको थियो। उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो। त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला।’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ७ पुष २०८१ १०:१० | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast