महोत्तरीमा डाका समूहको आक्रमणमा परी वृद्धको मृत्यु

हिमाल प्रेस ६ पुष २०८१ ९:५१ | Saturday, December 21, 2024
महोत्तरीमा डाका समूहको आक्रमणमा परी वृद्धको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- महोत्तरीको मनरासिसवा नगरपालिका–४ साँढामा डाका समूहको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ।

डाका समूहको आक्रमणमा परी पूर्वगाविस सचिवसमेत रहेका ७० वर्षीय सुशील झाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले झा घरभित्र मृत अवस्थामा फेला परेको बताए। डाका समूहको आक्रमणमा परी झाको मृत्यु भएको डीएसपी जैसवारले जानकारी दिए।

गएराति ७÷८ जनाको समूहमा आएका डाका समूहले झाको घरमा प्रवेश गरी लुटपाट गर्न खोज्दा उनले प्रतिकार गरेका थिए। प्रतिकार गरेका झाको घाँटी थिचेर हत्या गरिएको डीएसपी जैसवारको भनाइ छ।

घरमा पत्नीसँग बस्दै आएका झाको घरमा हातहतियारसहित आएका डाकाहरूले सुनको औँठी र मंगलसुत्र लुटेर लगेको उनले बताए।

‘हामी अहिले घटनास्थलमै छौँ। ७÷८ जनाको समूहमा हतियारसहित डाकाहरू आएको बुझिएको छ,’ हिमालप्रेससँग जैसवारले भने,‘सुनको औँठी र मंगलसुत्र लुटपाट भएको छ। थप कुरा हामी बुझ्दै छौँ।’

डाका समूहले गरगहनासँगै ८० हजार नगदसमेत लुटपाट गरेको छ। घटनाबारे थप अनुसन्धान र डाकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ पुष २०८१ ९:५१ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast