रामकुमारी झाँक्री
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले महाधिवेशनको छ महिनापछि कार्यविभाजन टुंग्याएको छ। गत असार १६ मा भएको समाजवादीको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि विभागीय जिम्मेवारी बाँडफाँट भएको थिएन।
मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो। माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ।
प्रकाशित: ६ पुष २०८१ ८:२६ | Saturday, December 21, 2024
प्रतिक्रिया





