एनपीएलको फाइनलको दिन कस्तो रहला मौसम?

हिमाल प्रेस ६ पुष २०८१ ६:४४ | Saturday, December 21, 2024
एनपीएलको फाइनलको दिन कस्तो रहला मौसम?

काठमाडौँ-  आज नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हुँदैछ। आज ‘हाइभोल्टेज’ मानिने जनकपुर बोल्ड्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दैछन्। तर आजको खेल वर्षाले प्रभावित पारे रद्द हुन सक्छ। खेल क्षेत्रको महाकुम्भ मानिएको एनपीएलको खेलका लागि वर्षाले प्रभाव पार्ने सम्भावाना छ कि छैन।

अहिले चासोको विषय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा वर्षाको सम्भावना छैन। महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र फाटफुट देखि हल्का हिमपातको सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ।

कोशी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ६ पुष २०८१ ६:४४ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast